हिमाल दैनिक
बौद्ध विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाइन
baudhha-university
लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा ५० जना अट्ने क्वारेन्टाइन तयार गरिएको छ । लुम्बिनी सांस्कृति नगरपालिकाको व्यवस्थापनमा उक्त छात्रावासम तयार गरिएको क्वारेन्टाइन सञ्चालन हुने सोही क्षेत्रबाट राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले बताए । उनले भने, ‘खाना, आवास र सरसफाइको व्यवस्थापन नगरपालिकाले तथा सुरक्षाको जिम्मा नेपाली सेनाले गर्ने गरी विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाइन तयार भएको छ । ’ लुम्बिनी विकास परिसरभित्र रहेको छात्रावासलाई क्वारेन्टाइन बनाइएको विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update