हिमाल दैनिक
प्रहरीद्वारा नछोइ पक्राउ गर्न सकिने डिभाइसको प्रयोग
multi-arrest-and-rescue-device-kathmandu-corona
आजबाट काठमाडौँमा नेपाल प्रहरीले नछोइकन पक्राउ गर्न सकिने डिभाइसको प्रयोग थालेको छ । सडकमा अनावश्यक रुपमा हिँडेकालाई पक्राउ गर्न काठमाडौँ प्रहरीले उक्त डिभाइसको प्रयोग थालेको हो । आजदेखि शुरु भएको उक्त डिभाइसलाई ‘मल्टी फङ्क्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ भनिन्छ । यसले केही मिटरको दूरीबाटै मानिसलाई नियन्त्रणमा लिन सहयोग गर्छ । जसका कारण मानिसलाई छोइरहनु पर्दैन । यसले रोगबाट बच्न सहयोग गर्ने विश्वास गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए । आज पहिलो दिन छ वटा डिभाइस प्रयोग गरिएको छ । मानिसहरु सरकारी आदेश नमानी हेल्चेक्र्याइ गरेर सडकमा हिँड्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन यसरी डिभाइसको प्रयोग गरिएको हो । प्रहरी प्रधान कार्यालयमा भएका अन्य डिभाइसलाई समेत प्रयोग गर्ने तयारी नेपाल प्रहरीको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update