हिमाल दैनिक
सरकारले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट देश र जनतालाई बचाउने अधिकतम प्रयास स्वरुप भोलिदेखि देशभर लकडाउन गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको सरकारको उच्चस्तरिय समितिले भोलि बिहान ६ बजेदेखि चैत १८ गतेसम्म देशभरी लकडाउनको निर्णय गरेको हो। यसरी सरकारले लगाएको लकडाउन अवधिमा सार्वजनिक सवारी साधान चलाउन रोक लगाउँदै अत्यावश्यक भन्दा बाहेकका काममा घरबाहिर निस्कन रोक लगाएको छ। यसैगरी आन्तरिक उडानमा पनि रोक लगाइएको छ। https://www.facebook.com/himaldainik/videos/663654954466770/?t=4 खाद्यन्न, दूध, औषधी, खानेपानी लगाएनका काममा बाहेक अन्य काममा मानिसहरु बाहिर निस्कन नपाइने र यसरी सरकारले जारी गरेको आदेश विपरित जाने कुनै पनि व्यक्तिलाई स्थानीय प्रशासन ऐन बमोजिम नियन्त्रणमा लिएर कारबाही गरिने जानकारी सरकारका प्रवक्ता युवराज खतिवडाले दिए। चीनको वुहानबाट सुरुभएर विश्वका १९० देशमा फैलिएर कतिपय युरोपका मुलुकमा नियन्त्रण बाहिर गएको कोरोना भाइरसको थप एक जना नयाँ विरामी उपत्यकामा पनि भेटिएपछि सरकारले एकसाताको लागि लकडाउनको निर्णय लिएको हो। कोरोना भाइरस रोकथाम उच्चस्तरिय समितिले भोलिदेखि अत्यावश्यक सेवामा खटिएका व्यक्ति र सवारी साधनबाहेक अन्य सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ।    
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update