
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रण कार्यमा सरकारको कदमप्रति उद्योग व्यवसायी आनन्दराज वतासले साथ साथ दिने भएका छन्।
नेपालमा हुन सक्ने कोभिड १९ को सम्भावित संक्रमणको रोकथामका लागि आशंका लागेका व्यक्तिहरुको आइसोलेसन र क्वारेटाइनमा सरकारले स्थानीय बासिन्दाको चर्को विरोधका बाबजूद भक्तपुरस्थित विद्युत प्राधिकरणको भवन मात्रै प्रयोग गर्दै आएकोमा व्यवसायी वतासले तिलगंगास्थ्ति अन्तर्राष्ट्रिय स्तरको आनन्द पशुपति उपलब्ध गराउन तयार भएका छन्।
आफ्नो ट्वीटरमार्फत वतासले भनेका छन्, ‘कोभिड १९को सम्भाबित संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सुबिधा सप्पन्न तिलगंगास्थित अन्तर्राष्ट्रिय स्तरको 'Ananda Pashupati' लाई कोभिड १९ क्वारेन्टाइन आबासको रूपमा प्रयोग गर्ने गरि नेपाल सरकारलाई स्वफुर्त सहयोग गर्न तयार छौ।’
https://twitter.com/RajBatas/status/1241707870363815936
कोरोना रोकथामका लागि यसरी नीजि व्यवसायीको तर्फबाट सुविधा सम्पन्न आवास उपलब्ध गराउने वतास समूह सम्भवत् पहिलो व्यक्ति बन्न पुगेका छन्।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय