
कोरोना भाईरसको जोखिम न्यूनिकरणको लागि काठमाडौं न्यूरोडस्थित संकटा मन्दिरमा भक्तजनहरुलाई प्रवेशमा रोक लगाएको छ ।
शुक्रबारलेखि काठमाडौंको संकटा मन्दिर, तेवहाल भद्रकाली मन्दिर, बटुभद्रकाली मन्दिरहरुमा नियमित नित्य पूजा बहेक भक्तजनहरुलाई प्रवेश निषेध गरिएको काठमाडौं महानगरले जनाएको छ । काठमाडौं महानगरको २२ नंवर वडाले संकटा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिलाई पत्रचार गर्दै सुचना जारी गरेको हो । यसअघि सरकारले बुधवार २५ जना भन्दा बढि मानिस एकै स्थानमा भेला नहुन आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय