हिमाल दैनिक
वीरेन्द्र सैनिक अस्पतालमा हाइ केयर सघन उपचार कक्ष निर्माण सुरु
birendra sainik hospital
नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोरोना संक्रमीतको उपचारका लागि २० बेडको हाइ केयर सघन उपचार कक्ष निर्माण सुरु गरेको छ । सरकारको १० करोड र बाँकी सेनाको खर्चमा अस्पताल परिसरमा सेनाले सघन उपचार कक्ष निर्माण सुरु गरेको सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डले जानकारी दिए । त्यस्तै १०० शय्यासम्मको आइसोलेसन कक्ष विस्तार भइरहेको सेनाले जनाएको छ । यसअघिसेनाले कोरोना संक्रमितहरुको उपचारका लागि सैनिक अस्पताल छाउनीमा १० शय्याको आइसोलसन कक्ष निर्माण गरेको थियो । छाउनी अस्पतालमा कोरोना संक्रमतिको उपचारका लागि गरिएको तयारीको मंगलबार नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी र नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले स्थलगत निरिक्षण गरे । https://www.facebook.com/himaldainik/videos/3035064606556598/?t=21 सेनाका महासेनानी डा श्रीजन पाण्डेले कोरोना संक्रमितको उपचारका लागि सवै पूर्वाधार तयारी अवस्थामा रहेको जानकारी दिए । कोरोनाको आशंकामा आएकालाई आइसोलसन युनिटमा उपचार गर्ने र रिपोर्ट पोजेटिभ आएको अवस्थामा अर्को वार्डमा सिफ्ट गर्ने व्यवस्था मिलाइएको बताए । त्यस्तै कोरोना परिक्षणका लागि ल्यावको सवै तयारी पुरा भएको पनि उनले बताए । क्वारेन्टाइनमा कोरोना भाइरसक संक्रमणको जस्तै लक्षण देखिएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिन्छ । यदि कोरोना संक्रमण पुष्टि भएमा आइसोलेसन कक्षमा राखेर थप उपचार गरीन्छ । यसअघि सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update