
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि उपत्यकका विभिन्न स्थानमा सामानहरु बिक्री गरिरहेको छ ।
सरकारले घोषणा गरेको लकडाउनको समय थपिने भएपछि थापाथलीमा रहेको खाद्यमा इन्डक्सन चुल्हो किन्नेको भिड लागेको छ । रामशाहथपस्थित संस्थानको बिक्री काउन्टरमा इन्डक्सनको स्टक सकिएकाले मानिसहरु थापाथली केन्द्रित भएका हुन् ।
कम्पनीले सुरु गरेको बिक्री कक्षमा लकडाउनपछि मात्रै तीन हजार पाँच सय भन्दा बढी विद्युतीय चुलो बिक्री भइसकेको कम्पनीकी सूचना अधिकृत सर्मिला सुवेदीले जानकारी दिईन । लकडाउनमा उद्योग धन्दा बन्द भएपछि विद्युतको माग ह्वात्तै घटेको छ। उद्योग धन्दा बन्द भएपछि विद्युतको आपूर्ति बढी छ ।
त्यसैले नेपाल विद्युत प्राधिकरणले पनि उपभोक्तालाई इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । सरकारले पनि चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ । बजारमा ग्यासको अभाव भएर मानिसमा इन्डक्सनमा मोह बढेको छ ।
नाकाबन्दीको समयमा चीनले अनुदानमा ११ हजार थान इन्डक्सन चुल्हो पठाएको थियो। सुरुमा ११ हजार ९६ रुपैयाँ मूल्य तोकेर बिक्री गरिएको थियो। तर, सोचेअनुसार इन्डक्कसन चुल्हो बिक्री भएन। त्यसपछि मूल्य घटाएर ४ हजार पुर्याइएको हो । त्यही बिक्री नभएको इन्डक्सन चुलो अहिले भने धमाधम बिक्री भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय