कोबिड-१९: लकडाउन उल्लंघन गर्नेलाई प्रहरीको दुई घण्टा उभ्याउने नीति
नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ ।
अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो । सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरीले जनाएको छ ।
यसले नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिइएको प्रहरीको भनाई छ ।
सरकारले कोरोनारोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो ।
अब लकडाउनको पर्वाह नगरी सडकमा निस्किनेलाई होल्डमा राख्ने आदेश
https://www.facebook.com/himaldainik/videos/3233111170073510/?t=6प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय