
चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।
यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेसन, ज्याक मा फाउण्डेसन, चाइना सिएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनी लगायतले सामान पठाएका हुन् ।
अहिले सिचुवान प्रान्तले पठाएका सबै सामान र ज्याक माले पठाएका एन ९५ मास्क आइपुगेको छ । सिचुवान प्रान्तले पठाएका सामानमा दुई हजार थान एन ९५ मास्क, २४ हजार थान सर्जिकल मास्क, ५०० थाम प्रोटेक्टिभ गगल्स, ५३० थान प्रोटेक्टिभ कपडा लगायत छन् ।
यस्तै ज्याक माको अलिबाब र ज्याम मा फाउण्डेसनले १ लाख २०० थान एन ९५ मास्क पठाएका छन् । चिनियाँ प्रदेश र संघसंस्थाले दिएको बाँकी सामान भन् अप्रिल दुईमा आउने समेत दूतावासले जनाएको छ ।कार्यक्रमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संकटको बेला छिमेकी मित्रको हिसाबले चीनले गरेको सहयोग नेपाली जनताले सधैं सम्झिरहने बताए । चिनियाँ राजदूत होउले चीन नेपालको असल मित्र भएकाले चाहिए जति सहयोग गर्ने बताए ।
यस्तै सरकारले चीनबाट खरिद गरेका ११ प्रकारका स्वास्थ्य सामग्री पनि नेपाल आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार पहिलो चरणमा सामग्रीहरू ल्याइएको हो । सबै सामग्री नेपाल सरकारले आफैंले किनेको हो ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय