हिमाल दैनिक
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको पालना नगर्नेबिरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । लकडाउनको पर्वाह नगरी सडकमा मानिसहरु सडकमा निस्कीएपछि प्रहरीले थप कडाई गरेको हो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गनेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले शनिबार मात्र पाँचसय भन्दा बढिलाई नियन्त्रणमा लिएको छ । https://www.facebook.com/himaldainik/videos/3233111170073510/?t=1 कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्नेहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए। स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको उनले बताए । त्यस्तै उनले प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्रीहरु जुटाइएको जानकारी पनि दिए । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको हो । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update