हिमाल दैनिक
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आजभन्दा २४ दिन अगाडि एक जनाको मात्रै निधन भएको युरोपेली राष्ट्र स्पेनमा बिहिबार भने त्यो संख्या ह्वात्तै बढेर गएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट फेब्रुवरी १५ तारिकमा दुई जनामा देखिएको स्पेनमा मार्च २६ अर्थात बिहिबारसम्म आइपुग्दा त्यो संख्या अकल्पनीय रुपले बढेर ६४ हजार नाघ्यो। जसमध्ये अहिलेसम्म स्पेनमा ४ हजार ८ सय ५८ जनाको निधन भइसकेको छ। सुरुका दिनका एक दुई जना संक्रमित देखिएको स्पेनमा मार्च ११ तारिकसम्म जम्मा जम्मी २२ सयको आसपासमा संक्रमित रहेका थिए। तर, दुई साता यताको दिनमा संक्रमितको संख्या दैनिक जसो बृद्धि हुँदै जाने क्रममा बिहिबार भने त्यो संख्या एकैदिन ८ हजार २ सय भन्दा बढी पुग्यो। यसका अतिरिक्त मार्च १३ तारिकसम्म दैनिक मृत्युदर ५० भन्दा कम नै रहँदै आएको स्पेनमा १७ तारिकमा एकै दिन १९१ जना पुगेको भएपनि पछिल्लो तीन दिनमा करिब २ हजारको मृत्यु हुन पुगेको छ। जसमा सबै भन्दा धरै बिहिबार मात्रै ७१८ जनाको निधन भएसँगै स्पेनमा मृत्यु हुनेको कुल संख्या ४८ सय नाघेको हो। विश्वभर अहिलेसम्म ५ लाख ५२ हजार ९ सय भन्दा बढी व्यक्ति संक्रमणमा परेका छन् जसमध्ये अहिलेसम्म २५ हजार ४५ जनाको ज्यान गइसकेको छ भने १ लाख २८ हजार भन्न्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन्। जसमध्ये सबैभन्दा बढी संक्रमित विरामी अमेरिकामा रहेका छन् भने सबैभन्दा बढी मृत्यु हुनेको सूचिमा इटाली रहेको छ जहाँ अहिलेसम्म ८० हजार संक्रमित मध्ये ८ हजार २ सय १५ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update