हिमाल दैनिक
नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या थपिएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमणको गतिले भयावह अवस्था रहेकै बेला नेपालको सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबार अर्को एक जनामा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि टेकु अस्पतालले गरेपछि नेपालमा संक्रमितको संख्या ४ पुगेको छ। दुबईबाट हालसालै स्वदेश फर्किएका त्यी व्यक्तिमा कोरोना संक्रमणको लक्षण देखिएपछि धनगढीस्थित सेत अस्पतालमा भर्ना गरी स्वाव परिक्षण गरिएको थियो। स्वास्थ्य मन्त्रालयले ३४ वर्षीय युवकको परिचय नखुलाएपनि उनको अवस्था सामान्य रहेको बताएको छ। यसअघि नेपालमा पहिलो संक्रमणका विरामी उपचार पश्चात निको भएर घर फर्र्किएका थिए भने, थप एक जना फ्रान्सबाट फर्किएकी युवती र एक युवकको टेकु अस्पतालमा उपचार गराइरहेका छन्। उपचाररत दुबै व्यक्तिको स्वास्थ्यमा सन्तोषजनक सुधार आइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update