हिमाल दैनिक
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार प्रधानमन्त्री जोन्सोनले सामाजिक संजाल ट्वीटर मार्फत कोरोनाको संक्रमण देखिएको सार्वजनिक गरेका हुन्। उनले २४ घण्टामा हल्का संक्रमणको लक्षण देखिएपछि कोरोनाक टेस्ट गर्दा पोजिटिभ देखिएको बताए। उनीअहिले सेल्फ कारेन्टाइनमा बसिराखेका छन्। भिडियो मार्फत दिएको संदेशमा उनले अब सबै सरकारी काम घर मार्फत गर्ने र सबै जनालाई पनि घरमै बस्ने सल्लाह दिएका छन्। https://twitter.com/i/status/1243496858095411200 यस अघि आइतबार बेलायतका प्रिन्स चार्ल्सलाई पनि संक्रमण देखिएको थियो। जोन्सनलाई कसरी कोरोना सर्यो अहिलेसम्म प्रष्ट हुन सकेको छैन। अहिलेसम्म बेलायतमा ११ हजार ६ सय ५८ जना सङ्क्रमित भएका छन् भने ५७८ जनाको कोरोनाका कारण ज्यान गएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update