प्रधानमन्त्री केपी शर्मा ओली केहि समय अगाडी डिस्चार्ज भएका छन्।
प्रधानमन्त्री ओली आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज भएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। उनलाई अहिले बालुवाटार स्थित प्रधानमन्त्री निवासमा लागिएको छ।
बिहिबार ११:३० मुटुमा समस्या देखिएपछि उनलाई तत्कालै मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको थियो। बिहिबार राती भर्ना भएका ओलीलाई करिब २० घण्टा अस्पतालमा राखेर उनको स्वास्थ्य परिक्षण गरिएको थापाले आफ्नो अमजिक संजाल मार्फत जानकारी दिएका छन् ।
ओलीको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। मिर्गौला प्रत्यारोपण गरेको २४ दिनपछि उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय