
नेपालमा घुम्न आएर लक-डाउनमा फसेका ५८ जना फ्रान्सेली नागरिकलाई पोखराबाट उद्दार गरिएको छ। कोरोनाको महामारीलाई मध्यनजर राखेर मंगलबारबाट नेपाल सरकारले एक साता 'लकडाउन' गर्ने घोषणा पश्चात ५८ जना फ्रान्सेली नागरिक पोखरामा नै अलपत्र परेका थिए।
काठमाडौँस्थित फ्रान्सेली दूवासले आफ्ना देशका नागरिकलाई उद्दार गर्न बुद्ध एयरको जहाज चार्टर गरेको थियो। २४ जना पुरूष, ३३ महिला र एक बच्चाहरुलाई केहि समय अगाडी पोखराबाट काठमाडौँ ल्याइएको छ।
मंगलबारबाट सम्पूर्ण आन्तरिक उडान बन्द भएपनि फ्रान्सेली दूवासले बिशेष अनुमति लिएर काठमाडौँबाटै बुद्ध एअरको जहाज पोखरा लागेको थियो। बिहानै उद्दार गर्ने तयारीमा रहेपनि बिभिन्न मन्त्रालयबाट अनुमति लिएर यक्त जहाज दिउसो मात्र पोखरा पुगेको थियो।
उनीहरुलाई आज काठमाडौँका होटलमा राखिने छ भने उनीहरुलाई स्वदेश फिर्ता लैजान फ्रान्सबाट चार्टर जहाज पठाउने तयारी भईराखेको छ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय