हिमाल दैनिक
सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल
madhab nepal
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गरेका हुन् । “ कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु”, नेपालले भनेका छन्, “सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।”
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update