नेपालमा कोरोनको तेस्रो संक्रमित
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेको छ । राष्ट्रिय प्रयोगशालाको वेभसाइटले बुधबार संक्रमण हुनेको संख्या ३ उल्लेख गरेको छ।
यस अघि आइतबार स्वास्थ्य मन्त्रालयले १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको जानकारी दिएको थियो। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको पुष्टि गरेका छन्। अहिले उनको टेकु अस्पतालमा उपचार भईराखेको छ।
हालसम्म नेपालमा ६८७ जनाको नमुना परीक्षण गरिएको छ जसमा अहिले सम्म तीन जनाको रिपोर्टमा पोजेटिभ देखिएको हो।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय