विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संंक्रमणबाट सोमबार मध्यान्हसम्म १४ हजार ७ सय ४८ व्यक्तिको मृत्यु भएको छ।
कोरोना भाइरस सम्बन्धी विश्व स्वास्थ्य सङ्गठन र सरोकारवाला संस्थाले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी ३ लाख ४१ हजार ५ सय ६० जना कोरोना भाइरसको संक्रमणमा परेका छन्।
संक्रमित व्यक्तिहरुमध्ये अहिलेसम्म ९९ हजार ४० जना उपचारपछि घर फर्किएका छन् भने २ लाख २७ हजार ७७२ व्यक्ति हाल सङ्क्रमित रहेका छन्। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।
चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन्।
हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण पाँच हजार ४७६ व्यक्तिको मृत्यु भएको छ। हाल ५९ हजार १३८ जना सङक्रमित रहेका छन्। सोमबार प्राप्त एक समाचारका अनुसार सात हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् भने तीन हजारको संख्यामा गम्भीर विरामीहरु रहेका छन्।
इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ६८५ व्यक्तिको मृत्यु भएको छ। हाल २१ हजार ६८५ जना सङक्रमित रहेका छन्। सात हजार ९१३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ।
कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा १ हजार ८१३ व्यक्तिको मृत्यु भएको छ। हाल २८ हजार ७६८ जना सङक्रमित रहेका छन्। सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन्।
जर्मनी कोरोना भाइरसको संक्रममणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ। हाल २४ हजार ८७३ जना संक्रमित रहेका छन्। सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण ४५७ व्यक्तिको मृत्यु भएको छ। हाल ३५ हजार ६० जना सङक्रमित भने १७८ उपचारपछि निको भएर घर फर्किएका छन्।
फ्रान्समा कोरोना भाइरस संक्रमणको कारण ६७४ व्यक्तिको मृत्यु भएको छ। हाल १६ हजार १८ जना सङक्रमित रहेका छन्। एक हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन्।
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १११ व्यक्तिको मृत्यु भएको छ। आठ हजार ९६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार १६६ उपचारपछि निको भएर घर फर्किएका छन्।
स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ। सात हजार ७२४ सङ्क्रमित भएका छन्। यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन्।
बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण २८१ व्यक्तिको मृत्यु भएको छ। पाँच हजार ६८३ सङ्क्रमित भएका छन्। यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।
नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १७९ व्यक्तिको मृत्यु भएको छ। चार हजार २०४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।
अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ। तीन हजार ६१९ सङ्क्रमित भएका छन्। यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।
बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ। तीन हजार ४०१ सङ्क्रमित भएका छन्। यसैबीच ३४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।
भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट ८ व्यक्तिको मृत्यु भएको छ। अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ। रासस/एएफपी
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय