वीरगञ्जका व्यापारी शिवकुमार रुगंटाको कोरोन टेस्ट नेगेटिभ देखिएको छ।
केहि दिनअघि दुबईबाट फर्केका रुगंटालाई कोरोना संक्रमणका लक्षण देखिएको भन्दै परिवारका सदस्यहरुले पटना स्थित पटना मेडिकल कलेज एन्ड हस्पिटलमा पुर्याएका थिए। आइतबार उनको स्वाब परीक्षण पोजेटिभ देखिएको जानकारी दिएपछि परिवारकै सदस्यहरुले नै आफन्तजनसँगै जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएका थिए।
रुंगटालालाई कोरोना संक्रमण भएको हल्लाले आइतबार वीरगञ्जका सर्वसाधारण स्थानीय वासिन्दाहरु त्रसित बनेका थिए। तर, पटना अस्पतालले उनको स्वाब परीक्षण मुम्बईको पुणेस्थित अस्पतालमा पठाएकोमा आइतबार राती उनको रिपोर्ट नेगेटिभ भएको जानकारी दिएको थियो। पुणे अस्पतालबाट आएको पछिल्लो रिपोर्टले आइतबारको हल्ला हल्लामै सिमित भएको छ।
एक स्थानीय समाजसेवीले हिमाल दैनिकसंग कुराकानी गर्दै भने, ‘पटना अस्पतालमा कोरोना परिक्षणको किट नै नभएकोमा कसरी उनलाई पोजेटिभ देखियो भनि भन्यो र सोही आधारमा परिवारका सदस्यले सूचना बाहिर ल्याए त्यो थाहा भएन। तर, पुणे अस्पतालबाट आएको परिक्षण रिपोर्टले कोरोना संक्रमणको बारेमा बाहिर आएको समाचार र त्यसले ल्याएको त्रासबाट वीरगञ्जवासीलाई ठूलो राहत मिलेको छ।’
पुणे अस्पतालले परिक्षण नेगेटिभ भएको जानकारी दिएपछि उक्त रिपोर्ट सर्वसाधारणहरुले सामाजिक संजालमा एक आपसमा शेयर गरेर तनाब कम गर्ने लागि परेकाछन्।
Note: यसअघि रुंगटाकोबारेमा स्थानीय अधिकारी र जनप्रतिनिधिको सूचनाका आधारमा प्रकाशित भएको समाचारका कारण पाठक वर्गमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ। सम्पादक

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय