विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका विरामीहरुको संख्यामा एक जना थपिएपछि नेपाल विश्व स्वास्थ्य संगठनको हरियो सूचिबाट बाहिरिएको छ।
सुरुमा एक जना व्यक्तिमा मात्रै संक्रमण देखिएपछि उपचार पश्चात उनी स्वस्थ भएको भन्दै विश्व स्वास्थ्य संगठनले नेपालाई हरियो कलरमा राखेको थियो।
तर, दक्षिणको छिमेकी राष्ट्र भारतमा संक्रमणको संख्यामा एकाएक बढ्दै गएको बेला सीमावर्ती शहर वीरगञ्जमा पनि एक व्यक्तिमा संक्रमण भेटीएको हल्लासँगै आइतबार भएपछि नेपालमा एक जना विरामी थपिएका छन्।
पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार, व्यापारिक कारोबारका लागि दुबइ पुगेर फर्किएका शीवकुमार रुंगाटामा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएपछि उनको भारतको पटनास्थित अस्पतालमा उपचार गराइरहेका छन्। स्रोतका अनुसार, ६७ वर्षीय व्यापारी रुंगाटा र उनको परिवारका सदस्यहरु विगत ६ दिनदेखि आइसोलेसनमा बस्दै आएका थिए। उनको स्वास्थ्य सम्बन्धि थप स्वाव परिक्षणका लागि पटना अस्पतालले संकलन गरेको प्रमाण मुम्बईको पुणे अस्पतालमा पठाएको छ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सीमावर्ती अधिकांश नाकाहरु आजदेखि बन्द गरिएको छ भने खुला रहेका केही नाकामा पनि कडा स्वास्थ्य चेकजाँच गरी नागरिकलाई आउन र जान दिने गरिएको छ।
चीनको वुहानबाट सुरु भएर विश्वका १८८ मुलुकमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १३ हजार ६ सय ७१ जनाको निधन भइसकेको छ। यसरी सबैभन्दा बढी इटालीमा र दोस्रो चीनमा रहेको छ भने भारतमा अहिलेसम्म ७ जनाको निधन भएको छ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय