कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा बृद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा बृद्धि भएको छ । गत मङ्गलबारदेखि शनिबारसम्म झण्डै पाँच लाख भन्दाले उपत्यका छाडेका छन् ।
महाशाखाका अनुसार सरकारले स्कुलरकलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसगैँ उपत्यका छाड्नेको सङ्ख्यामा बृद्धि भएको थियो ।
त्यस्तै सरकारले अत्यावश्यक बाहेकका सवै कार्यालय बन्द र लामो दूरीका सवारी साधान नचल्ने घोषणा गरेसंगै सर्वसाधारणको संख्या बढेको हो । घर जानका लाागि सर्वसाधारणहरु बसपार्क पुगेपनि टिकट नपाएको गुनासो गरेका छन् ।
केही दिनअघिसम्म काठमाडौँ छाड्नेभन्दा काठमाडौँ भित्रिनेको सङ्ख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौँ छाड्नेको सङ्ख्या बढी देखिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय