विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढि इटाली प्रभावित भएको छ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो जानकारी अनुसार, पछिल्लो २४ घण्टाभित्र मात्रै ६ सय २७ व्यक्तिको निधन भएपछि इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ।
शनिबार बिहान १० बजेसम्मको पछिल्लो अपडेट अनुसार, विश्वर २ लाख ७६ हजार १ सय १३ जनामा संक्रमण देखिएकोमा अहिलेसम्म ११ हजार ४ सय २ जनाको मृत्यु गइसकेको छ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसबाट चीनमा अहिलेसम्म ८१ हजार भन्दा बढि संक्रमित भएकोमा ३ हजार २ सय ५५ जनाको निधन भएको छ। पछिल्लो दुई दिनमा कोरोना भाइरसका नयाँ विरामीको संख्या नबढेको बताइएको छ।
तर, युरोपको इटालीमा भने दुई हप्ताकोबीचमै ४७ हजारको संख्यामा संक्रमण देखिएकोमा ४ हजार भन्दा बढि व्यक्तिको ज्यान गएपछि इटालीको स्थिति भयावह बनेको छ।
सरकारले मानिसहरुलाई घरभित्र बस्न र सर्तकता अपनाउन आग्रह गरेको छ। यसैगरी कोरोनाबाट अत्याधिक मृत्यु हुने राष्ट्रको तेस्रो सूचिमा इरान रहेको छ। जहाँ अहिलेसम्म १९ हजार ६ सय ४४ संक्रमित भएकोमा १४ सय ३३ जनाको निधन भएको छ।
यसैगरी स्पेनमा पनि मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ।
कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको विरामीमध्ये अहिलेसम्म करिब ९२ हजारको संख्यामा निको भएको बताइएको छ।
भारतमा अहिलेसम्म २ सय ५८ जनामा संक्रमण देखिएपनि मृत्यु हुनेको संख्या भने ५ जना मात्रै रहेको छ। विश्व स्वास्थ्य संगठनले नेपालमा एक जनामा मात्रै संक्रमण देखिएकोमा उक्त व्यक्ति पनि उपचारपछि स्वस्थ भएको भन्दै नेपाललाई हरियो करलमा राखेको छ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय