हिमाल दैनिक
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही नरोकिने सर्वोच्चले जनाएको छ। सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिका पनि बन्द गरिन लागिएको हो । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update