हिमाल दैनिक
भारतमा आइतबारदेखि 'जनता कर्फ्यु'
narendramodi-pti
भारतमा आइतबार बिहान ७ बजे देखि बेलुका ९ बजेसम्म जनता कर्फ्यु लगाउने घोषणा गरेको छ। बिहिबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनमार्फत बिश्वभर महामारीको रुपमा फैलिंदै गएको कोराना-भाइरस(कोबिड-१९) लाई मध्यनजर राखेर अप्रिल २२ मार्चदेखि 'जनता कर्फ्यु लगाउन अपिल गरेका हुन्। https://twitter.com/narendramodi/status/1240646908810391552 २९ मिनेटको लामो सम्बोधनमा मोदीले यो कर्फ्यु जनताको लागि, जनताद्वारा स्वयम आफैलाई लगाउने कर्फ्यु बताएका छन्। उनले आइतबारदेखि लगाइने १४ घण्टा अविधिको कर्फ्युमा कसैलाई पनि घरबाट बाहिर निकल्न अपिल गरेका छन्। हरेक घर बाट साँझ पाँचबजे आ-आफ्नो घरबाट ताली, थाली र घन्टी बजाएर एक आपसमा आभार ब्यक्त गर्दै कोरोनासंग एकजुट भएर लड्न सुझाब दिएका छन्। उनले अत्यन्त जरुरी काम बाहेक अब केहि हप्ता घरबाट ननिकल्न बताए। ६० बर्ष वा सो भन्दामाथि उमेरका ब्यक्तिलाई घरमै बस्न बताएका छन्।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update