हिमाल दैनिक
आज ९ हजार ७० संक्रमित थपिए, ५४ को मृत्यु
nepal-super-league-laliput-fc
नेपालमा बिहीबार थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५ सय ८० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार पाँच सय २९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप दुई हजार सात सय ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म दुई लाख ९२ हजार ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ५६१ सक्रिय संक्रमित आइशोलेशनमा र ३१४ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख ७८ हजार ४१८ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update