हिमाल दैनिक
एसीसी प्रिमियर कपः ओमनविरुद्ध नेपालले दियो ३११ रनको विशाल चुनौति

एशियन प्रिमियर कप (एसीसी) खेल अन्तरगत ओमनविरुद्धको खेलमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै ३१० रनको विशाल स्कोर बनाउन सफल भएको छ।

त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर व्याटिङमा उत्रिएको नेपालले अहिलेसम्मकै विशाल स्कोर ३१० रन बनाउँदै ओमनलाई ३११ रनको चुनौती दिएको छ।

पचास ओभरको खेलमा नेपालका लागि कुशल मल्लले ५९ बलको सामना गर्दै सतक हाने भने उनको पछिपछि सोमपाल कामीले ६३ रनको अविजित पारी खेल्न सफल भए।

सुरुवाती क्रमका ओपनर व्याटरहरु दुबै सून्यमा आउट भएर लर्खराउन पुगेको नेपाली टिमलाई चौथो क्रममा आएका मल्लले सम्हालिँदै १० छक्का र ९ चौका हान्दै ६४ बलमा १०८ रनको योगदान दिएर बाहिरिए।

यसैगरी सोमपाल कामीले मल्लको अभावका बाबजुद ४८ बल खेल्दै ६३ रनको अविजित योगदान दिए भने करण केसीले १५ बलको सामना गर्दै २९ रनको अविजित पारी खेले।

यसअघि भिम सार्कीले ३३ रन, आरिफ सेखले २९ तथा कप्तान रोहित पौडेलले २३ रन बनाएर आउट भए।

पचास ओभरको खेलमा ८ विकेट गुमाएको नेपालका लागि ओपनर व्याटर्स दुबै सून्य रनमै पेभेलियनमा फर्किएका थिए।
ओमनका लागि विलाल खानको १० ओभर बलिङ अत्यन्त महंगो सावित हुन पुग्यो। उनले २ मेडन ओभर बलिङ गरेपनि एक विकेट लिएर ८१ रन दिए भने आयान खानले ५ ओभर ४६ रन दिएर २ विकेट लिए।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update