हिमाल दैनिक
क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल ७ रनले विजयी
Photo: @CricketNep

क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलको सुरुवातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनाएको थियो।

जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको क्यानाडाली टिमका खेलाडीहरुमध्ये ४ जनालाई कप्तान रोहिट पौडेलले पेभेलियनको बाटो देखाइदिएपछि करिब करिब जितको नजिक अवस्थामा पुग्दै गरेको क्यानडाले ४७.५ सबै विकेट गमाएर जम्मा २१७ रन बनाउन सफल भयो।

फलस्वरुप नेपालले क्यानाडाविरुद्धको एकदिवसीय श्रृंखलाको पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भयो।

जसका लागि कप्तान पौडेलले ८.५ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ४ विकेट लिँदै म्यान अफ दि म्याच बन्न सफल भए। यस क्रममा उनले २ मेडन ओभर कायम गर्न पनि सफल भए। यसैगरी ललित राजवंशीले ८ ओभरमा ४१ रन दिँदै २ विकेट लिन सफल भए भने सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले एक एक विशेट लिएका थिए।

क्यानडाका व्याटरर्स निकोलस किर्टोनले ६८, पार्गत सिंहले ५० र हर्श ठाकरले ३२ रनको योगदान दिएपनि बाँकी खेलाडीले दोहोेरो अंक जोड्न नसक्दा पहिलो खेलमा पराजय व्यहोर्न पुग्यो।

यसअघि नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे। उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए। खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाउनपुग्यो। सुरुआती ब्याट्सम्यान आशिफ २४ बलमा आठ रन जोड्दै आउट भए। उनी नौ ओभर एक बलमा उदय भागवानको बलमा नवनीत धलिवालबाट क्याच आउट भएका थिए।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेल आठ रनमा आउट भए। उनी १४ ओभर तीन बलमा ईश्वर ज्योति सोहीको बलमा हर्ष थेकरबाट क्याच आउट हुन पुगे। नेपालले तेस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमायो। नेपालका लागि अर्धशतकीय इनिङ्स खेलेका उनले ६२ जोडे।

त्यसपछि चौथो विकेटको रूपमा नेपालले भीम सार्कीलाई गुमायो। भीमले २६ बल खेल्दै दुई चौकाको मद्दतमा १७ रन जोडे। कुशल मल्ल ३२ बलमा एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदै आउट भए। कुशल हर्ष थेकरको बलमा निकोलस किर्तनबाट क्याच आउट भएका हुन्।

त्यसैगरी नेपालले छैटौँ विकेटको रुपमा आरिफ शेखलाई गुमायो । आरिफले ५० बलमा चार चौकासहित ३८ रन बनाए। त्यसपछि पवन सर्राफ आउट भए। उनले ३४ बलमा एक चौका प्रहार गर्दै १५ रन बनाए । उनी ४१ ओभर एक बलमा शाहिद अहमदजाइको बलमा आउट भए। खेलको ४८ ओभर पाँच बलमा सोमपाल कामी उदय भागवानको बलमा परगत सिंहबाट क्याच आउट भए।

उनन्चास ओभर पाँच बलमा नेपालले नवौँ विकेटको रूपमा रिजन ढकाललाई गुमायो। उनी चार बलमा चार रन जोड्दै ईश्वरजोतको बलमा आउट भए। त्यसैगरी नेपालले अन्तिम विकेटको रुपमा ललित राजवंशीलाई गुमायो । ललित खेलको अन्तिम बलमा रनआउट हुन पुगे।

   

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update