हिमाल दैनिक
नेपालसँग नेदरल्यान्ड्स ६ विकेटले पराजित, फाइनलमा पुग्न दुबै टिम अग्रसर
Photo: @CricketNep

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सलाई १९.३ ओभरमा १२० रनमा सिमित गरेको नेपालले उक्त लक्ष्य १५.२ ओभरमा पार गर्दै त्रिकोणात्मक टी–२० सिरिजको फाइनलको यात्रालाई जिवित नै राखेको हो।

नेपालसँग पराजित भएपनि नेट रनरेटका आधारमा निदेरल्यान्ड्स अहिले पनि नेपाल भन्दा माथि एक नम्बरमै रहेको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलको सामना गर्दै ४६ रनको योगदान दिएका थिए भने उनलाई गुल्सन झाले ३६ बल खेल्दै ३८ रन बनाएर नेपालको जितलाई सहज बनाइदिएका थिए।

विगतका खेलको तुलनामा सामान्य लक्ष्य पाएको नेपालका ओपनर ब्यार्टस कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र ८ रन बनाउँदै भिभियन किङ्माको तेस्रो ओभरमा आउट भएका थिए।

त्यसपछि मैदानमा उत्रिएका कप्तान पौडेल र झाले ८७ रनको साझेदारी गर्दै नेपालको जित सुनिश्चित गरेका थिए।
कप्तान पौडेल आफ्नो दोस्रो हाफ सेन्च्यूरी बनाउन ४ रनको कमि रहेकै बेला किङ्माको बलमा आउट हुन पुगे।

झा र पौडेल बाहिरिएलगत्तै मैदानमा पुगेका दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले क्रमशः ४ र २ रन बनाउँदै नेपाललाई जित दिलाए।

उक्त खेलको पहिलो इनिङमा नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए। यसैगरी,  टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए। त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

प्रतियोगितामा शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपालाई  आजको खेल जित्नुपर्ने हुन्छ ।
आजको खेलमा तीन विकेट लिएका जिसी प्लेएर्स अफ द म्याचको पुरस्कार प्राप्त गरे।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update