हिमाल दैनिक
पार्टी एकताको घोषणा सभा स्थलबाटै पक्राउ परे रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सिके राउत नेतृत्वको जनमत पार्टीसँग पार्टी एकता गर्ने पूर्वघोषित सहमति बमोजिम एकाताको घोषणा गर्न कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई सादा पोशाकका प्रहरीले कार्यक्रम स्थलबाहिरबाटै पक्राउ गरेको हो।

संविधानका विषयमा ०७२ सालमा घटेको टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा अदालतबाट दोषी करार भई जेल सजाय भोग्दै आएका चौधरीलाई ०८० जेठमा गणतन्त्र दिवसको अवसरमा बाँकी कैद सजाय मिनाह गर्दै रिहा भएको उक्त निर्णयविरुद्ध अदालतले दिएको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कैलालीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी आममाफी पाएर कारागारमुक्त भएका थिए।

पार्टी एकताको घोषणा गर्न कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई कार्यक्रम स्थलबाटै पक्राउ गरेलगत्तै प्रहरीले उनलाई डिल्लीबजार कारागार पुराइएको छ।

यसैबिच चौधरीको पक्राउ पश्चात जनमत पार्टी र नागरिक उन्मुक्रि पार्टीबिच हुने भनिएको पार्टी एकता घोषणा सभा आजका लागि स्थगित भएको छ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update