फेवाताल डुङ्गा ब्यबसायी संघको स्थापना दिवसका अबसरमा पोखराको फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ।
नेपालकै पर्यटकीय शहर पोखराको चर्चित तालसँग सम्बन्धीत फेवाताल डुङ्गा ब्यबसायी संघको आयोजना तथा नेपाल पर्यटन बोर्ड पोखराको सहयोगमा सम्पन्न भएको डुङ्गा दौड प्रतियोगितामा महिला तर्फ फेवातालको पहारी घाट महिला समुहले निर्धारित १७.५० मिटरको दुरी १३ मिनेट ५८ सेकेण्डमा पार गरी प्रथम स्थान हासिल गरेको छ।
सोही दुरी १४ मिनेट १३ सेकेण्डमा पारगरी तालपारी महिला समुह दोस्रो र १५ मिनेट २० सेकेण्डमा दुरी पार गरी जलारी दिदि वहिनी समुह तेस्रो भएको छ भने १५ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गरी बेगनास महिला समुहले चौथो स्थानमा चित्त बुझाएको छ।
त्यसैगरी प्रतियोगीताको पुरुष तर्फ भएको प्रतिष्पर्धामा निर्धारित २७.५० मिटर दुरी २२ मिनेट २ सेकेण्डमा पार गरी हर्पन मत्स्य सहकारी संस्था टिम (१)ले प्रथम स्थान हासिल गरेको छ।
सोही दुरी २३ मिनेट ४ सेकेण्डमा पारगरी हर्पन मत्स्य सहकारी टिम (२) दोस्रो भएको छ। सोही दुरी २४ मिनेट ६ सेकेण्डमा दुरी पार गरी वाराही घाट डुङ्गा ब्यबसायी टिम तेस्रो भएको छ भने, २५ मिनेट ३ सेकेण्डमा साही दुरी पारगरी तालपारी एफ सी टिम चौथो भएको छ।
महिला तर्फ ७ टिम र पुरुष तर्m १४ टिमको सहभागीता रहेको उक्त प्रतियोगतामा दुबै बिद्या तर्फका प्रथम , द्धितिय ,तृतिय र चौथो हुने टिमले क्रमशः रु.३० हजार २० हजार १० हजार ५ हजार नगद , मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरे।
पोखराको फेवाताल लगाएत देशका बिभिन्न क्षेत्रमा रहेका ताल पोखरीमा डुङ्गा चलाएर जिविकोपार्जन गर्ने डुङ्गा ब्यबसायीको क्षमता अभिबृद्धिका लागी उत्साह दिने र पर्यटन प्रबद्र्धनमा टेवा पुरयाउने लक्ष्य सहित फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन्।


