वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार, महानगरपालिका प्रमुख सिंहलाई मंगलबार बिहानै पर्साको ठोरीबाट पक्राउ गरिएको हो।
लिखत किर्ते गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतमा दिएको निवेदन अनुसार, यसअघि नै जिल्ला अदालत पर्साले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो।
जिल्ला अदालतले जेठ ३ गते जारी गरेको पक्राउ पुर्जी आदेशमा सिंहसहित ३ जनाको नाम रहेपनि आज महानगरपालिका प्रमुख सिंहलाई मात्रै पक्राउ गरिएको हो।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


