हिमाल दैनिक
ललितपुर महानगरपालिकाद्वारा करिब साढे ७ अर्बको बजेट सार्वजनिक

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ। 

बुधबार ललितपुरमा आयोजित महानगरको नवौं नगरसभामा महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएकी हुन्।

चालू आर्थिक बर्षका लागि महानगरले ७ अर्व ४७ करोड ४१ लाख ६७ हजारको बजेट ल्याएको थियो। बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च गर्नेगरी आगामी आर्थिक वर्षका लागि चालू खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरेको उनले बताइन्।

त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको उनले जानकारी दिइन्।

उपमेयर शाक्यले कला, संस्कृति तथा सम्पदाको समुचित संरक्षण र सम्वद्र्ध, स्थानीय स्रोत साधनको संरक्षण र समुचित परिचालन तथा सार्वजनिक जग्गाको संरक्षण, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनमा बजेटले जोड दिएको बताइन्।

त्यसैगरी सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गता मैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बाल मैत्री व्यवहार तथा व्यवस्था, विपत जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकास मार्फत रोजगार प्रवद्र्धन तथा गरीबी न्यूनीकरण लगाएतमा समेत महानगरले बिशेष प्राथमिकता दिएको उनले जानकारी दिइन्।

 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update