काँग्रेस नेतृ देउवाद्वारा स्वास्थ्य सामग्री प्रदान
                        
                        
                                                
                                            
                        नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाले गण्डकी प्रदेशका तीन जिल्लालाई कोरोनाविरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।
नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्णं)को विशेष पहलमा नेतृ देउवाद्वारा पठाइएको ती स्वास्थ्य सामग्री नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले बुधबार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समिति (सिसिएमसी)लाई हस्तान्तरण गर्नुभएको छ ।
सिसिएमसीको तर्फबाट पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा २० थान पिपिई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीनहजार वटा नर्मल मास्क र ४० पिस एम ९५ माक्स रहेको छ । ती स्वास्थ्य सामग्री झण्डै रु दुई लाखबराबरको रहेको बताइएको छ ।
सामग्री हस्तान्तरणपछि कोषाध्यक्ष गुरुङले महामारी र विपत्ती सबैको साझा समस्या भएकाले यसबाट बच्न सबै एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरीले कोरोना विरुद्धको अभियानमा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएकामा नेतृ देउवाप्रति आभार व्यक्त गर्नुभयो ।
ती स्वास्थ्य सामग्री बागलुङ र म्याग्दी जिल्लामा पनि र वितरण गरिएकोे गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्लले व्यक्तिगत रुपमै पर्वतका हरेक स्थानीय तहलाई लाखौंको स्वास्थ्य सामग्री यसअघि नै सहयोग पनि गरिसक्नुभएको छ ।
                        
                    
                प्रकाशित मिति: आइतबार, असार २१, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

