
रसियालाई उछिन्दै एसियाली मुलुक भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेस्रो मुलुक बनेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानसम्म देशभर कोरोना संक्रमित संख्या ६ लाख ९७ हजार नाघेको छ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी अमेरिकामा करीब ३० लाख संक्रमित पुगेका छन् भने दोस्रोमा ब्राजिलको १६ लाख बढी संक्रमित छन्।
यस्तै रसियामा ६ लाख ८१ हजार संक्रमित छन्। आइतबार भारतमा एकै दिन २४ हजार संक्रमित थपिएसँगै सबैभन्दाबढी संक्रमित हुने तेस्रो मुलुकमा पुगेको हो।
९ लाख ७८ हजार परीक्षणमध्ये भारतमा ६ लाख ९७ हजार ८३६ संक्रमित फेला परेका हुन्। जसमध्ये १९ हजार ७ सयको ज्यान गइसकेको छ। ४ लाख २४ हजार निको भएर घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय