हिमाल दैनिक
पछिल्ला दिनहरुको तुलनामा शनिबार कोरोना भाइरस संक्रमितको संख्या नेपालमा केही कमि आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार नेपालमा शनिबार थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। थपिएका नयाँ संक्रमितहरुको संख्यासहित नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। सरकारी आँकडा अनुसार, पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो संख्यासहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ। यस्तै कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ। देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। त्यस्तै गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए। पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार मृत्यु भएको हो। यो तथ्यांकसँगै नेपालमा ३४ कोरोना संक्रमितको मृत्यु भएको छ। हाल क्वारेन्टाइनमा ३३ हजार १ सय २५ जना र आइशोलेशनमा ९ हजार ४२ जना रहेकाछन्।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update