निषेधाज्ञा खुकुलो जोरबिजोर प्रणाली
                        
                        
                                                
                                            
                        कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लामा गरेको निषेधाज्ञा खुकुलो गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी गरिएको आदेशमा केही खुकुलो गरिएको जनाइएको छ । यस अघि साउन २८ गतेबाट जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्धारा जारी सूचनामा आदेश असोज ७ गतेसम्म कायम रहेको भए पनि पहिले भन्दा केही खुकुलो गरिएको उल्लेख छ ।
कार्यालयले बिहिबारदेखि निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोेर प्रणालीमा चलाउन दिने, जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने, होटल रेष्टुरेन्टमा राजमार्गका लागि राति १० बजेसम्म र अन्यलाई राति ८ बजेसम्म सञ्चालन गर्न दिने, शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    