हिमाल दैनिक
‘पर्यटन, कृषि, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीका मूल आधार
Madi Village Kaski
कास्कीको मादी गाउँपालिकाले आर्थिक वर्ष २०७७ ÷७८ का लागि रु ६५ करोड ७४ लाखको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित बजेट सार्वजनिक कार्यक्रममा उपाध्यक्ष विष्णुमाया पौडेलले आव २०७७÷७८ का लागि चालुतर्फ रु ४५ करोड ९० लाख ८५ हजार पाँच सय र पूँजीगततर्फ रु १९ करोड ८३ लाख ८७ हजार ४८ विनियोजन गरिएको जानकारी दिनुभयो । कोभिड –१९ को असरबाट सिर्जित वर्तमान अवस्थामा गाउँपालिकाले “पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीका मूल आधार” नारालाई आत्मसात् गर्दै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई अधिकतम रोजगारी प्रदान गर्ने गरी बजेटमा प्राथमिकता दिइएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । कोभिड –१९ महामारीको कारणबाट शिथिल पालिकाको अर्थतन्त्रलाई गतिशील बनाउन पालिकाबाट आयोजना गरिने सबै प्रकारका बैठकको भत्ता कटौती गर्दै पालिकाको आन्तरिक स्रोतको परिचालनमार्फत राजश्व अभिवृद्धि गरी तत्काल रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी हुने कार्यक्रमको तर्जुमासमेत गरिएको छ । रासस
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update