बिहीबार दिँउसोको बर्षाका कारण काठमाडौंका बिभिन्न सडकखण्ड डुवानमा पर्दा सवारी आवागमन प्रभावित भएको छ।
अपरान्ह एक्कासी परेको मुसलधारे बर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोर लगाएतका बिभिन्न स्थानका सडक जलमग्न हुँदा लामो समय डुवानमा परेको थियो।
बर्षाका कारण सबैभन्दा बढि व्यस्त रहने माइतीघर सडक डुवानमा पर्दा साँझ स्कूल, कलेजका विद्यार्थी र सरकारी तथा निजी कार्यालयमा कार्यरत कर्मचारीको आवागमनमा असर परेको थियो।
विशेषगरी माइतीघर क्षेत्रको पुरै सडक डुवान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त मात्रै भएन, त्यसको कारण उपत्यकाका विभिन्न भागमा आउने र जाने यात्रुहरु र सवारी साधान घण्टौंसम्म सडकमा अलपत्र परेका थिए।
सडक डुवानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो।
उता अनामनगर क्षेत्रका सडकमा पनि वर्षातका कारण आएको भेलसँगै सडकमा रहेका ढल भरिएर सडकभरी ढलको पानी छताछुल्ल हुन पुगेको थियो।
काठमाडौंका केहि स्थानमा केहिबेरको बर्षाले पनि सडक डुवान हुने गरेको छ।


