नेपाली बजारमा आयोन इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक सीजी मोटर्स प्रा.लि.ले नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता र चाहनालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय स्तरका प्रिमियम इलेक्ट्रिक सवारीसाधनहरू नेपाली बजारमा प्रस्तुत गर्दै आएको छ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, सुरक्षा, आराम र उत्कृष्ट प्रदर्शनलाई समेट्दै आयोनले नेपालमा विद्युतीय गतिशीलताको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्सले बताएको छ।
मंगलबारदेखि सुरु भएको बहुप्रतीक्षित नाडा अटो सो २०२६ मा अटोमोबाइल क्षेत्रका प्रमुख ब्रान्डहरूले आफ्ना नवीनतम प्रविधि र उत्पादनहरू प्रदर्शन गरिरहेको अवस्थामा सीजी मोटर्सले पनि आफ्नो ब्राण्ड आयोन भि २०२६ मोडलको विशेष अफर अघि सारेको हो।
ग्राहकहरूलाई भविष्यको मोबिलिटी अनुभव गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने यस प्रतिष्ठित अटो शोमा आयोन नेपालले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयुभि आयोन भि प्रदर्शन गरिरहेको छ।
अत्याधुनिक डिजाइन, स्मार्ट प्रविधि, उच्च सुरक्षा, आरामदायी ड्राइभिङ अनुभव र उत्कृष्ट प्रदर्शनको संयोजन रहेको आयोन भिले नेपालमा बढ्दो विद्युतीय सवारीको यात्रालाई थप सहज र आधुनिक बनाउने लक्ष्य राखेको छ।
प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउन आयोन नेपालले आयोन भि २०२६ मोडलका लागि विशेष नाडा एक्सक्लुसिभ अफर नै सार्वजनिक गरेको छ।
यस सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आयोन भि एलिट २०२६ मोडल रु। ५९,९९,०००र( को विशेष मूल्यमा र आयोन लक्जरी २०२६ मोडल रु। ७३,९९,०००र( को विशेष मूल्यमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यसका साथै ग्राहकहरूले ६।६ किलोवाट चार्जर र फ्लोर म्याट निःशुल्क, आकर्षक नगद छुट, नोथिङ्ग फोन अफर तथा १ वर्षको रोट ट्याक्स र अटो प्लस इन्स्योरेन्स सुविधा समेत प्राप्त गर्नेछन्, जसले आयोनको स्वामित्व अनुभवलाई अझ विशेष र मूल्यवान बनाउनेछ।
यी नाडा विशेष अफरमार्फत आयोन नेपालले ग्राहकहरूलाई अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र उत्कृष्ट मूल्यसहितको इलेक्ट्रिक एसयुभि स्वामित्वमा लिने सुनौलो अवसर प्रदान गरेको छ।
आयोनको पछिल्ला उत्पादनले आकर्षक डिजाइन, उच्च दक्षता, स्मार्ट ड्राइभिङ प्रविधि र आरामदायी यात्राको संयोजन प्रदान गर्दछ, जसले नयाँ पुस्ताको इलेक्ट्रिक मोबिलिटी रोज्ने ग्राहकहरूका लागि यसलाई उत्कृष्ट विकल्प बनाएको छ।
आयोन नेपालले सबै अटोमोबाइल प्रेमी, इलेक्ट्रिक भेहिकल खरिद गर्न इच्छुक ग्राहक तथा भविष्यको मोबिलिटी अनुभव गर्न चाहने सम्पूर्ण आगन्तुकहरूलाई नाडा अटो सोको ब्लक ए स्टाल नम्बर एवानमा रहेको आयोन स्टाल भ्रमण गर्नका लागि पनि निमन्त्रणा गरका छ।
ग्राहकहरूले त्यहाँ आयोन भिलाई नजिकबाट अवलोकन गर्न, यसको विशेषताहरू अनुभव गर्न, उत्पादन विशेषज्ञहरूसँग जानकारी लिन तथा नाडा सो अवधिभर उपलब्ध विशेष अफरहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
नाडा एक्सक्लुसिभ अफर मार्फत आयोन नेपालले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटी अझ बढी मूल्य, सुविधा र आकर्षक स्वामित्व लाभसहित प्रदान गर्ने प्रयास गरेको छ।


