हिमाल दैनिक
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

मौसममा आउँदै गरेको परिवर्तनसँगै आम उपभोक्तको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोेनिक्स कम्पनीले विभिन्न सिरिजका वाटर हिटरहरु डिजाइन गर्दै बजारमा ल्याएको छ। 

नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी इलेक्ट्रोनिक्सले आधुनिक जीवनशैलीमा सुरक्षित, सहज र भरपर्दो तातोपानीको आवश्यकतालाई ध्यानमा राख्दै केन्टका विभिन्न मोडलका इलेक्ट्रिक वाटर हिटरको विक्री वितरणमा विस्तार गरेको हो।

कम्पनीले दिएको जानकारी अनुसार, उपभोक्तालाई नविन प्रविधि, प्रभावकारी कार्यक्षमता र सुरक्षाको संयोेजन प्रदान गर्ने बाचासहित केन्टका पोलार, थर्मोक्यू र हिटवेभ सिरिजका वाटर हिटरहरु घरपरिवारको दैनिक आवश्यकता अनुरुप डिजाइन गरेको होे।

जाडो मौसममा नुहाउन, भान्सामा प्रयोग गर्न तथा दैनिक घरायसी कामका लागि तातोपानीको सहज उपलब्धता महत्त्वपूर्ण हुन्छ। यस आवश्यकतालाई सम्बोधन गर्न केन्टका वाटर हिटरहरूमा आधुनिक तताउने प्रविधि, विशेष सुरक्षा प्रणाली र टिकाउपनलाई प्राथमिकता दिइएको छ।

पोलार सिरिजः आधुनिक डिजाइन र भरपर्दो सुरक्षा

केन्ट पोेलार इलेक्ट्रिक वाटर हिटर १० लिटर, १५ लिटर र ३० लिटर क्षमतामा उपलब्ध सिरिज हो। आकर्षक डिजाइन तथा प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधासहित तयार गरिएका यी मोडेलहरूले घरको आवश्यकता र उपलब्ध स्थानअनुसार उपयुक्त विकल्प छनोट गर्न सहज बनाउँछन्।

यस सिरिजका प्रमुख विशेषताहरूमा एन्टी–हाई प्रेसर प्रोटेक्सन, ओभरहिट प्रोटेक्सन, एन्टी–कोरोजन तथा स्केल सुरक्षा, एन्टी–ब्याक्टेरियल प्रविधि र उत्कृष्ट ग्लासलाइन कोटिङ समावेश छन्। साथै, विद्युतीय झट्काको जोखिम कम गर्न इएलसीबि सुरक्षा प्रणाली पनि प्रदान गरिएको छ।

थर्मो क्यू सिरिजः बढी तातोपानी र छिटो तताउने प्रविधि

केन्ट थर्मो क्यू इलेक्ट्रिक वाटर हिटर १० लिटर, १५ लिटर र ३० लिटर क्षमतामा उपलब्ध छ। यस सिरिजमा समावेश हिटसँगै प्रविधिले सामान्य तताउने प्रक्रियाको तुलनामा २० प्रतिशतसम्म बढी तातोपानी उपलब्ध गराउन सहयोग गर्ने विशेषता राख्छ।

यसमा रहेको ह्विर्लफ्लो प्रविधिले पानी छिटो तताउन सहयोग गर्छ भने एन्टी व्याक्टेरियल प्रविधिले पानीको स्वच्छतामा सहयोग पुर्याउँछ। 

सुपेरियर ग्लासलाइन कोटिङले भित्री ट्याङ्कीको टिकाउपन र क्षरण प्रतिरोधमा सहयोग गर्छ। त्यस्तै, इएलसीबि प्रणालीले विद्युतीय झट्काबाट थप सुरक्षा प्रदान गर्ने उद्देश्य राख्छ।

हिटवेभ सिरिजः दैनिक प्रयोगका लागि व्यावहारिक विकल्प

केन्ट हिटवेभ सिरिजमा १० लिटर र १५ लिटर क्षमताका वाटर हिटर समावेश छन्। घरपरिवारको दैनिक तातोपानी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यस सिरिजमा हिट प्रविधि, ह्विर्लफ्लो, एक्टीब्याक्टेरियल स्टेरियलाइजेशन प्रविधिसँगै सुपेरियर ग्लासलाइन कोटिङ तथा इएलसीबि सुरक्षा प्रणालीजस्ता विशेषताहरू समावेश छन्।

यी प्रविधिहरूले प्रभावकारी तताउने कार्य, स्वच्छतामा सहयोग, ट्याङ्कीको सुरक्षा र दैनिक प्रयोगमा थप सहजता प्रदान गर्ने लक्ष्य राख्छन्।

सुरक्षा, टिकाउपन र ग्राहकको विश्वासमा जोड

केन्टका प्रस्तुत वाटर हिटर सिरिजहरूमा तताउने कार्यक्षमता मात्र नभई सुरक्षा र टिकाउपनलाई पनि महत्त्व दिइएको छ। उत्पादनअनुसार उपलब्ध सुरक्षा सुविधाहरूले अत्यधिक तापक्रम, उच्च पानीको चाप, क्षरण तथा विद्युतीय जोखिमजस्ता विषयलाई सम्बोधन गर्छन्। उत्कृष्ट ग्लासलाइन कोटिङ र एन्टी–ब्याक्टेरियल प्रविधिले उत्पादनको उपयोगिता थप बढाउँछन्।

उत्पादनसँग सम्बन्धित वारेन्टीको विवरण सम्बन्धित मोडेल तथा आधिकारिक वारेन्टी सर्तअनुसार लागू हुनेछ।

केन्टका पोलार, थर्मोक्यू र हिटवेभ सिरिजका इलेक्ट्रिक वाटर हिटरहरू आधुनिक घरपरिवारका लागि सहजता, कार्यक्षमता र सुरक्षालाई एकैसाथ जोड्ने विकल्पका रूपमा प्रस्तुत छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३