हिमाल दैनिक
जगदम्बा इन्टरप्राइजेजद्वारा भोटेकोशीका पीडितको राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउ पुर्‍याउने उद्देश्यलेजगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरणगरेको छ।

जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाईउक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पछि हुने पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा आफ्ना उद्योगबाटउत्पादित निर्माण सामग्रीहरु छुटमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।

उद्योगको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाको क्षेत्रमा गरिएको योसहयोगले विपद् प्रभावितमा मलहमको काम गर्ने विश्वास रहेको निर्देशक रुङ्गटाले बताए।

यहि भदौ १० गते अचानक चीनको स्वषासित क्षेत्र तिब्बतको हिमताल फपटदा आएकोपहिरोसहितको लेदोयक्त बाढीले रसुवा, नुवाकोट र धादिगं क्षेत्रको नदि किनारमा गरेकोअकल्पनीय विनासले ठूलो धनजनको क्षति भएको थियो।

प्राकृतिक विपदमा परेका पीडीतको उद्धार, राहत र पुनस्थापनाका लागि सरकारी तहबाटैसार्वजनिक अपिल भएपछि अहिले देशविदेशबाट राहतको रकम जम्मा हुने क्रम जारी छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update