हिमाल दैनिक
काभ्रेको बस दुर्घटनाबारे छानविन गर्न प्रहरीद्वारा समिति गठन

काभ्रेको रोशी नजिकै शुक्रबार भएको यात्रु  बस दुर्घटनाको सम्बन्धमा नेपाल प्रहरीको मुख्यालयले छानविन समिति गठन गरेको छ। 

नेपाल प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार अपरान्ह अचानक काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको थियो। 

उक्त दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने अन्य १६ जना घाइते भएका थिए।

प्रहरी प्रधान कार्यालयले छानविन समितिलाई घटनाको वास्तविक विवरण, अवस्था, कारण र जिम्मेवार पक्षको पहिचान गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न पनि निर्देशन दिइएको छ। 

 

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update