वराटनगर स्थित नोबेल टिचिङ अस्पतालको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ।
आइतबार विहान करिब सवा ६ बजे सप्तरी राजविराज वडा नं. ९ का ३४ वर्षीय अमित यादवको अस्पतालको पाचौ तल्लाबाट खसेर टाउकोमा चोट लागेको तथा तत्कालै आकस्मिक कक्षमा उपचार गर्दागर्दै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
मेडिकल कलेजमै एमबिबिएस इन्टर्नका दशौं व्याचका यादव मानसिक रोगका विरामी रहेको र औषधी खाईरहेको उनका बुवा शम्भु प्रसाद यादवले जानकारी दिएको बताइएको छ।
घटना हुँदा संगै रहेका उनका बुबाले अमित सोही अस्पतालमा इन्र्र्टन गरिरहेको केही दिनदेखि अत्यन्त चिन्तित रहेको जानकारी दिए।
घटनाको आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ भने शवलाई विराटनगर स्थित कोशी अस्पतालमा मोस्टमार्टमका लागि पठाइएको छ। यो अस्पताल नेपाली कांग्रेसका निवर्तमान सांसद सुनिल शर्माको नीजि अस्पतालका रुपमा चलिआएको छ।



