कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन
                        
                        
                                                
                                            
                                                
                        बागलुङ क्षेत्र नम्बर २ की केन्द्रीय सांसद ज्ञानकुमारी छन्त्यालको मृत्यु भएको छ । लामो समसदेखि मुटुमा समस्या आएपछि काठमाडौंस्थित गंगालाल मुटु रोग अस्पतालमा उपचाररत छन्त्यालको बुधबार बिहान ९ बजे मृत्यु भएको हो।
६६ वर्षिया सांसद छन्त्याल करिब एक महिनादेखि अस्पतालमा उपचाररत थिइन। उनी २०७३ सालको चुनावमा नेपाली कांग्रेसको तर्फदेखि समानुपतिकबाट सांसद बनेकी थिइन्। छन्त्याल दोस्रो संविधानसभामा बागलुङ क्षेत्र न.२ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुन्।
यसैबिच आज बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पार्टी कार्यालयमा आज बिहान ११ बजे  बस्ने भनिएको बैठक स्थगित भएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
                        
                    
                प्रकाशित मिति: आइतबार, असार १४, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

