हिमाल दैनिक
रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि गरिखान देऊ कि हामीलाई कामको व्यवस्था गरिदेउ: ट्याक्सी व्यवसायी
taxi
लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाण्डौका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा सहभागीहरुले काम गर्न नपाउदा रोगले भन्दा भोकले मर्ने अवस्था आएकाले अव ट्याक्सि चलाउन पाउनुपर्ने बताए । सरकारलाई कर तिर्दा पनि सरकारले भने आफुहरुलाई नहेरेको उनीहरुको गुनासो छ । सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update