सोती घटनामा दोषीलाई कारबाहीको माग गर्दै जुलुस प्रदर्शन

अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै संयुक्त दलित राजनीतिक संघर्ष समितिले मंगलबार काठमाडौंमा सिटि जुलुस निकालेको छ ।
रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै समितिले काठमाडौंमा सिटि जुलुस निकालेको हो ।
प्रदर्शनमा सहभागीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप पनि लगाएका थिए । जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै उनीहरुल नाराबाजी गरेका थिए । उनीहरु सिटि जुलससहित बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय