हिमाल दैनिक
शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन
angbaba
शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । उणको उपचारको क्रममा काठमााडैंको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो । छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि जोशी न्युरो अस्पतालमा उपचाररत थिइन् । उनि नेपालको पहिलो महिला क्याम्पस प्रमुख भएकी थिइन् । १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएपछि क्यान्सर लागेको भाग काटेर फाल्दा जोशीको अनुहार बांगिएको थियो । २०१९ सालमा राजा महेन्द्रले चार सदस्यीय संविधान मस्यौदा समिति गठन गर्दा जोशी एकल महिला सदस्यका रुपमा सहभागी थिइन् । उनको शनिबार नै पशुपतिमा अन्तिम संस्कार गरिएको छ । https://www.facebook.com/himaldainik/videos/275652810317712/?t=8
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update