नेपाल अपङ्गा संघ खगेन्द्र नवजीबन केन्द्रिय कार्यालयमा तालाबन्दी(भिडियो सहित )
नेपाल अपाङ्ग सङ्घ पूर्ण तालाबन्दी
जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने गर्दै पुनः तालाबन्दी गरिएको छ । अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र सीपमूलक तालीमका लागि ल्याइएको बजेट व्यवस्थापनले आफ्नो परिवारका लागि खर्च गरेको भन्दै नेपाल अपाङ्ग सङ्घ, सङ्घर्ष समितिले शुक्रबार तालाबन्दी गरेको हो ।
यसअघि गोकर्णेश्वर नगरपालिकाले केन्द्रमा भएको भनिएको अनियमता छानविन गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो । तर छानविन समितिमा अनियमिततामा संलग्न व्यक्तिलाई नै सहभागी गराइएको भन्दै पुन तालबन्दी गरिएको संघर्ष समितिका संयोजक राम प्रसाद कोइरालाले जानकारी दिए ।
सङ्घर्ष समितिले सङ्घका नाममा रहेको जग्गामध्येबाट पाँच आना जग्गा निवर्तमान अध्यक्ष मोहन महर्जन नेतृत्वको व्यवस्थापनले कसैलाई जानकारी नदिई बेचेको आरोप लगाउँदै आएको छ ।
https://www.facebook.com/himaldainik/videos/899244267258261/?t=101
प्रकाशित मिति: मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय