बाणगंगा नदिमा बगाएकाको उद्दार
कपिलवस्तुको बाणगंगा नदिमा आएको बाढिमा दाउरा संकलन गर्दा खोलाले बगाएका २ जनाको उद्धार गरिएको छ । प्रहरी र स्थानीय बासिन्दाले शुक्रबार नगरपालिका–८ का ४८ बर्षिय कृतन थारु र उनकी श्रीमति ४५ बर्षिया सोफिया थारुको उद्धार गरेका हुन ।
प्रहरीका अनुसार नदि छेउमै घर भएका दम्पतीले खोलाको किनारमा बगेर आएका दाउरा जम्मा गर्दै गर्दा दुबैलाई बाढीले बगाएको थियो । खोला किनारमा दाउरा संकलन गरिरहेको अवस्थामा बाढी आइरहेको खोलामा एक्कासि पानीको बहाव बढेको र दाउरासहित खोलाले बगाएको उनीहरुले बताएका छन । समयमै स्थानियले देखेपछि प्रहरीलाई खबर गरि सकुशल उनीहरुको उद्धार गरिएको हो । दुबै स्वास्थ्य अवस्था सामन्य रहेको छ ।
https://www.facebook.com/himaldainik/videos/2687687004887572/?t=1
प्रकाशित मिति: मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय