ताप्लेजुङमा पहिरोले बगायो विद्यालय भवन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ।
मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाका अनुसार पहिरोबाट विद्यालयको चार कोठे भवन, दुई कोठे पक्की ट्वाइलेट, विद्यालयको खाजाघर समेत बगाउँदा लाखौँको क्षति भएको छ।
त्यस्तै, स्थानीय भक्त लाबुङको भान्साघार र सुँगुरको खोरसमेत पहिरोले बगाएको छ। स्थानीय २० घरले लगाएको मकैबारीमा पनि क्षति पुगेको बताइएको छ। पहिरोमा मानवीय क्षतिको भने जानकारी नआएको डिएपी श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय